२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते



अ+ अ-

मोरङ । जिल्लाको रङ्गेलीमा चट्याङ लागेर एक जनाको निधन भएको छ । 

मृत्यु हुनेमा रङ्गेली नगरपालिका ६ चोप्राहा नेवा टोलका २३ वर्षीय नितेश राय रहेका छन् । गम्भीर अवस्थामा रहेका रायको रङ्गेली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 

यस्तै घर नजिकै रहेको पिठारीको रुखमुनि बसिरहेको अवस्थामा दिउँसो चट्याङ लागेर अन्य चार जना घाइते भएका छन । घाइते हुनेहरूमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया सङ्गीता यादव रहेका छन् ।   

घाइतेहरूको रङ्गेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।