२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा न्युक्यासलले म्यान्चेस्टर युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन खेलको ६५ औं मिनेटमा जोए विल्लोकले तथा ८८ औं मिनेटमा कालुम विल्सनले गोल गरे ।

जितसँगै न्युक्यासल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ५० अंक छ । समान खेलबाट समान अंक रहेपनि गोल डिफरेन्सको आधारमा म्यान्चेस्टर युनाइटेड चौंथो स्थानमा झरेको छ ।