२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालै कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धताको बारेमा छलफल गरिने छ:  दिल कुमारी रावल



अ+ अ-

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड – १९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ । 

बुधबार बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरुले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो । 

तत्कालै सरकारको प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिल कुमारी रावल थापाले बताउनुभयो । साथै समितिले कोभिड–१९ को नयाँ भेरियन्टको प्रभावको सम्बन्धमा पनि विज्ञहरुसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ । सिन्धुपाल्चोक बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भिड बढेको र बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै समितिले तिनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताहरुको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको सभापति थापाले जानकारी दिनुभयो । यस सम्बन्धमा पनि तिनै तहको सरकारको प्रतिनिधि ल्याएर छलफल गरिने सभापति रावलले जानकारी दिनुभयो ।