२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सरकारले हुलमुलमा बस्नु नहुने बताए पनि खोप केन्द्रमा भिडभाड बढी भए”



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ । ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । 

खोप कार्यक्रम बुधबार एकदिन मात्रै सञ्चालन हुने जनाएको छ । महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको छ ।

खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भएपनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै पाटन हाइस्कुल खोपकेन्द्रमा आउनुभएका जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाउनुभयो ।

देवेन्द्र राज शर्माले खोपकेन्द्रमा वृद्धवृद्धालाई व्यवस्थित रुपले नराखिएको बताउनुभयो । उहाँले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताउनुभयो । व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन नभएको उहाँको टिप्पणी छ ।

खोप लगाउन आएका जेष्ठ नागरिककोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।