२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय उडान भोलिबाट सञ्चालनमा आउने (तालिकासहित)



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडान तोकिएको रुटमा भोलि (बिहीबारबाट) शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापान उडान भर्नेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउने तालिका रहेको छ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । 

सोही दिन टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउनेछ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

यस्तै २८ जुनमा नेपाल एयरलाइन्स दुबई जानेछ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने तालिका रहेको छ ।

यसैगरी फ्लाई दुबई दुबईबाट काठमाडौं आउनेछ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउनेछ भने ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको छ ।