४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालय विस्तार गर्न माग



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालयको विस्तार गर्न माग गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उहाँले एक पत्र लेख्दै रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालयको विस्तार गरी नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

उहाँले सो कार्यका लागि पूर्वाधार निर्माणका आवश्यक पर्ने जग्गाका लागि आफ्नो निजी भोगाधिकार रहेको जग्गाबाट ८ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले पत्रमा भन्नुभएको छ, “उक्त स्थानमा निर्माण गरिने उल्लिखित संग्रहालय गोरखा दरबार संग्रहालयकै नामबाट र त्यहाँ संग्रहालय हाताभित्र राष्ट्रनिर्माताको शालिक तथा नेपाल एकीकरणसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरु राखी सर्वसाधारणलाई नेपाल एकीकरणसँग सम्बन्धित विषयवस्तुहरुको थप जानकारी दिन सकिने भएकाले उक्त व्यवस्थाका लागि अनुरोध गर्न चाहन्छु ।”

नेपाल एकीकरणका क्रममा राजगुरुका रुपमा रहेका मिश्रहरु अर्थात मधेशी समुदायका व्यक्तिहरुको उपस्थिति, हतियार बनाउने र चलाउने कामसँग जोडिएका मुस्लिम समुदायका व्यक्तिहरु, बिसे नगर्चीसमेतका दलितहरु र महिलाहरुको समेत विशेष योगदान रहेको उल्लेख गर्दै उहाँले उक्त संग्रहालयमा मधेशी, मुस्लिम, दलित र महिलाहरुको एकीकरण अभियानमा भएको योगदान झल्कने सामग्रीहरु प्रदर्शनीमा राख्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्नुभएको छ ।