११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालय विस्तार गर्न माग



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालयको विस्तार गर्न माग गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उहाँले एक पत्र लेख्दै रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालयको विस्तार गरी नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

उहाँले सो कार्यका लागि पूर्वाधार निर्माणका आवश्यक पर्ने जग्गाका लागि आफ्नो निजी भोगाधिकार रहेको जग्गाबाट ८ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले पत्रमा भन्नुभएको छ, “उक्त स्थानमा निर्माण गरिने उल्लिखित संग्रहालय गोरखा दरबार संग्रहालयकै नामबाट र त्यहाँ संग्रहालय हाताभित्र राष्ट्रनिर्माताको शालिक तथा नेपाल एकीकरणसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरु राखी सर्वसाधारणलाई नेपाल एकीकरणसँग सम्बन्धित विषयवस्तुहरुको थप जानकारी दिन सकिने भएकाले उक्त व्यवस्थाका लागि अनुरोध गर्न चाहन्छु ।”

नेपाल एकीकरणका क्रममा राजगुरुका रुपमा रहेका मिश्रहरु अर्थात मधेशी समुदायका व्यक्तिहरुको उपस्थिति, हतियार बनाउने र चलाउने कामसँग जोडिएका मुस्लिम समुदायका व्यक्तिहरु, बिसे नगर्चीसमेतका दलितहरु र महिलाहरुको समेत विशेष योगदान रहेको उल्लेख गर्दै उहाँले उक्त संग्रहालयमा मधेशी, मुस्लिम, दलित र महिलाहरुको एकीकरण अभियानमा भएको योगदान झल्कने सामग्रीहरु प्रदर्शनीमा राख्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्नुभएको छ ।