६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

यही संविधान प्रयोग गरेर राजा फर्काउने प्रयास गर्छौं– धवलशमशेर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले अहिलेकै संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले यही संसद् र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएपछि त्यसप्रति टिप्पणी गर्दै राणाले राणाले आफूहरुको राजासहितको प्रजातन्त्र ल्याउने एजेण्डाअनुसार नै अघि बढ्ने जवाफ दिनुभयो ।

“गृहमन्त्रीज्यूले भन्नुभयो– गणतान्त्रिक व्यवस्थालाई संरक्षण गर्ने उहाँको जिम्मेवारी हो त्यो स्वाभाविकै हो”, राणाले भन्नुभयो, “तर हामी आफ्नो यो सदनलाई प्रयोग गरेर संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ ।”