२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले बारा–२ मा उपेन्द्रलाई सघाउने अन्यमा अन्योल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले बारा–२ मा हुने  उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

तर चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरे पनि ठोस निर्णय गरेको छैन । आगामी वैशाख १० गते उल्लेखित तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

बारा–२ मा यसअघि जसपाका रामसहाय यादव निर्वाचित हुनुभएको थियो । उहाँ उपराष्ट्रपति बनेसँगै उक्त निर्वाचन क्षेत्र रिक्त रहेको थियो । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपालाई नै सघाउने तयारी भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त क्षेत्रमा जसपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।