२२ असार २०८३, सोमबार
,
Latest
सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा गत फेबु्रअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए



अ+ अ-

एजेन्सी । बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको हो ।

यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चौबीस घन्टा यता यतिधेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ । त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ । 

उता सरकारले कोरोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सो कुरा बताएका हुन् । उनले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको  बताएको समाचारमा जनाइएको छ ।