२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मेलम्चीः ६० वर्ष पुगेका एकल महिलापुरुषलाई मासिक रु एक हजार

मेलम्चीः ६० वर्ष पुगेका एकल महिलापुरुषलाई मासिक रु एक हजार
अ अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ  । 

नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ ।

नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । साठी वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक रु एक हजार  भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका इच्छुक व्यक्तिलाई रोजगारमूलक तालीमको व्यवस्था मिलाउने जस्ता कार्यक्रम परेका छन् । 

नीति तथा कार्यक्रममा बाढी प्रभावितलाई घरधनीले तीन महिनासम्मको घरभाडा छुट गरेमा सोही आवमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ । कृषिलगायत क्षेत्रमा यसअघि नै ल्याइएको लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिइने पनि कार्यक्रममा समावेश छ । 

सञ्चार जगत्लाई साझेदारी अवधारणानुसार सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायसँग समन्वय गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरसभामा उपप्रमुख भगवती नेपालले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो । सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएका थिए ।