२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि



अ+ अ-

काठमाडौ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  वृद्धि गरेको छ ।  निगमले पेट्रोल तथा डिजेल  र मट्टितेलमा   २ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ यसै गरी हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ  र हवाई इन्धन )अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेको जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।