२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : स्पेन र स्वीडेन नकआउट चरणमा प्रवेश, लेवान्डोस्कीको पोल्यान्ड आउट



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत बुधबार राति भएको समूह ई अन्तर्गतको खेलमा स्पेन र स्वीडेन विजयी भएर नकआउट चरणमा प्रवेश गरेका छन् ।

यो जितसँगै समूह ई बाट स्वीडेन ७ अंक सहित पहिलो र स्पेन ५ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

तर विश्वस्तरीय फर्वार्ड रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड प्रतियोगिताबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा स्वीडेनसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । यद्यपी यस खेलमा लेवान्डोस्कीले व्यक्तिगत दुई गर्न सफल भएका थिए ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा स्वीडेनले शुरुमै गोल गरेर पोल्यान्डमाथि दबाब सिर्जना गरेको थियो । स्वीडेनका लागि एमिल फोर्सबर्गले २ र ५९ औं मिनेटमा गोल गरेका थिए भने खेलको दोस्रो हाफको इन्जुरी समयमा भिक्टर क्लासेनले गोल गरी स्वीडेनको जीत पक्का गरेका थिए ।

उता स्पेनले भने एकपक्षीय खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । स्पेनका लागि “गर या मर” को अवस्था रहेको थियो । नकआउट चरण प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा स्पेन थियो । त्यही कारण स्पेनले शुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो ।

स्पेनले पहिलो गोल ३० औं मिनेटमा आत्मघाती गोलबाट प्राप्त गरेको थियो । स्लोभाकियाका गोलकिपरले गरेको गल्तीका कारण गोल भएको थियो । तर त्यसपछि पनि स्पेन रोकिएन ।

स्पेनले पहिलो हाफको इन्जुरी समयमा आयमेरिक लापोर्ट, पाब्लो सराबियाले ५६औं, फरान टोरेसले ६७औं मिनेटमा गोल गरेका थिए भने ७१ औं मिनेटमा फेरि आत्मघाती गोल भएको थियो । स्लोभाकियाका जुराज कुच्काले ७१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

 

अंक तालिका ( समूह इ )
देश खेल संख्या अंक
स्वीडेन
स्पेन
स्लोभाकीया
पोल्यान्ड

 

यो पराजय पछि पनि स्लोभाकिया ३ अंकका साथ तेस्रो स्थानमा छ ।