२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

ल्याभेन्डरले ल्याएको खुशी

ल्याभेन्डरले ल्याएको खुशी
अ अ+ अ-

चीन । फ्रान्समा पढेका चिनियाँ नेता चाउ एनलाईलाई फ्रान्समा हुँदै एउटा झारसँग गहिरो प्रेम बसेको थियो। प्याजी रङमा फुल्ने त्यो झारको फूल मात्र होइन बोट नै वासनादार थियो। फ्रान्सको प्रोभेन्स भन्ने ठाउँमा त्यो झार सर्वाधिक पाइन्थ्यो। जुन जुलाई महिनामा ढकमक्क फुलेर वातावरण नै बैजनी रङको बनाउने उक्त झारको ल्याभेन्डर थियो जसलाई हेर्न तत्कालीन विद्यार्थी चाउ बारम्बार प्रोभेन्स पुग्ने गर्दथ्ये।

सन् १९४८ अक्टोबर १ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले जनगणतन्त्र चीन स्थापना भयो र चाउ एनलाई प्रधानमन्त्री भए। फ्रान्समा पढ्दा चाउले ल्याभेन्डर देखेका मात्र होइनन् त्यसको महत्व पनि बुझेका थिए। उनी त्यसलाई चीनमा ल्याएर खेती गर्न चाहन्थे। सन् १९६५ चाउले फ्रान्सबाट फ्रान्सबाट ल्याभेन्डर ल्याएर बेइजिङ, शाङहाई, क्वाङचौ र सिन्च्याङमा खेती गर्न लगाए। अन्यन्त्र त ल्याभेन्डर खासै फस्टाएन तर सिन्च्याङमा चाहिँ निकै मज्जाले फस्टायो। यो क्षेत्र फ्रान्सको प्रोभेन्सकै बराबर उचाइमा रहेको र हावापानी पनि उस्तै रहेकाले यहाँ ल्याभेन्डर खेती फस्टाएको मानिन्छ। सिन्च्याङमा थुप्रै ठाउँमा खेती गरिए पनि हुओछङ काउन्टीको सियोङ गाउँ भने ल्याभेन्डरकै कारण विश्व चर्चित बनेको छ। यहाँ १२ हजार मु (डेढ वर्ग किलोमिटर बराबर एक मु) अर्थात् ८ हजार वर्ग किलोमिटर क्षेत्रमा ल्याभेन्डर खेती गरिएको छ। चीनभरी भएको ल्याभेन्डर खेतीमा यस क्षेत्रले मात्र ९७ प्रतिशत हिस्सा लिएको छ।

ल्याभेन्डर झार वर्गमा पर्ने वनस्पति हो जुन सामान्यतः डेढ फिट जति उचाइको हुन्छ। विश्वमा सबैभन्दा धेरै ल्याभेन्डर उत्पादन हुने तीन ठाउँहरुमा क्रमशः फ्रान्सको प्रोभेन्स, जापाको होक्काइडो र चीनको हुओचङ काउन्टीको सियोङ गाउँमा सन् १९६५ देखि नै ल्याभेन्डर खेती सुरु गरिएको भए पनि सन् २०१० देखि व्यवस्थित र व्यापक रुपमा खेती भएको हो। दस वर्ष अगाडि सिन्च्याङको स्थानीय सरकारले किसानलाई ल्याभेन्डर खेती गर्नका लागि आर्थिक भत्ता वितरण गरेर प्रोत्साहन गरेको थियो। ल्याभेन्डर खेतीबाट गरिबी निबारणमा महत्वपूर्ण सहयोग पुगेको छ। अहिले सरकारले किसानलाई आर्थिक भत्ता दिनुपर्दैन बरु किसानले सरकारलाई कर तिर्ने गर्दछन्।

यहाँ एक मु क्षेत्रमा ८ देखि १० किलो तेल उत्पादन हुने गर्छ। फूल टिपेर प्रसोधन गरी तेल उत्पादन हुने गर्छ। वासनादार तेल विशेष गरी शरीर मसाज गर्नमा प्रयोग हुन्छ। एक किलो तेलको मूल्य ५ सय चिनियाँ युआन अर्थात् ९ हजार नेपाली रुपैयाँ जति पर्छ। यहाँ उत्पादित तेल विशेष गरी युरोप र अमेरिकामा बिक्री गरिन्छ।

ल्याभेन्डरबा यस क्षेत्रको आर्थिक विकाससँगै पर्यटकीय विकास पनि भएको छ। विशेष गरी जुन र जुलाई महिनामा फूल टिप्ने सिजन भएकाले यहाँ पर्यटको ओइरो लाग्ने गर्दछ। गाउँमा ४० वटा होमस्टेहरु रहेका छन्। ती होमस्टेका कोठाको मूल्य अफ सिजनमा ५ सय चिनियाँ युआनदेखि १ हजार युआनसम्म पर्छ भने टप सिजनमा १ हजारदेखि २ हजार चिनियाँ युआनसम्म पर्दछ। टप सिजनमा कोठा बुक गर्न मुस्किल पर्ने गरेको स्थानीय बताउँछन्। सामान्यतः होमस्टेको कोठा भाडा पाँच तारे होटलभन्दा बढी पर्ने गरेको देखिन्छ। ल्याभेन्डर खेती क्षेत्रमा प्रवेश गर्नका लागि हरेक व्यक्तिले ३० युआन अर्थात् साढे पाँच सय नेपाली रुपैयाँ बराबर शुल्क तिर्नुपर्छ। ल्याभेन्डरकै कारण यो क्षेत्र चीनको प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास भएको छ।

यहाँ ल्याभेन्डर सङ्ग्रहालय पनि स्थापना गरिएको छ। हरेक वर्ष ६ लाखभन्दा बढी पर्यटकले यस क्षेत्रको भ्रमण गर्दछन् र पर्यटकबाट प्राप्त आम्दानी २० करोड चिनियाँ युआनभन्दा बढी पुग्ने गर्दछ। अहिले यहाँबाट ४० टन ल्याभेन्डर तेल र ८०० टन ल्याभेन्डरको सुख्खा फूल उत्पादन हुने गरेको छ। विभिन्न प्रकारका तेल र सुख्खा फूलबाट ८ सय प्रकारका उत्पादनलाई बजारमा पठाउने गरेको छ। सङ्ग्रहालयसँगै स्थापित बिक्री कक्षमा सजाइएका सामानबाट ल्याभेन्डरबाट केके उत्पादन हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ। ल्याभेन्डरको सुख्खा फूल हालिएका सिराने निकै लोकप्रिय उत्पादन बनेको छ। शिशुदेखि बृद्धबृद्धाहरु सबैलाई हुने यस्ता सिराने लगाएर सुत्दा वासना आउने र आरामले निद्रा लाग्ने मानिन्छ। कम्प्युटर चलाउँदा हातका नारीमुनी राख्ने साना सिरानेदेखि गाडी, रेल तथा हवाइजहाजमा यात्रा गर्दा घाँटीमा राखिने यात्रा सिराने पनि अर्को त्यस्तै लोकप्रिय उत्पादन हो। दराजमा राखिएक लुगाहरु बासनादार बनुन् भनेर सुख्खा ल्याभेन्डर फूलका साना साना पोकालाई लुगका बीचमा राखेपछि प्राकृतिक वासनासँगै पोशाकको संरक्षण गर्दछ। यस्तो पोशाक लगाएर हिँड्दा वरिपरीका व्यक्तिको ध्यान पनि वासनाले आफूतिर खिच्दछ। त्यसैगरी दन्त मञ्जन, सेम्पु, साबुन, परफ्युम, गाडीमा राखिने वासनादार तेल लगायतका थुप्रै उत्पादनहरु ल्याभेन्डरबाट हुने गरेको छ।

सिन्च्याङ प्रान्तको हुओछङ काउन्टीको सियोङ गाउँलाई पहिले रोडा ढुङ्गाको गाउँ भनिन्थ्यो। चट्टानी माटो र सुख्खा जरजर भएकाले किसानको मिहिनेत अनुसार केही पनि उत्पादन नहुने भएकाले यस क्षेत्रमा व्यापक गरिबी थियो। अहिले यो गाउँ ल्याभेन्डरको राजधानीका रुपमा चिनिन थालेको छ। ल्याभेन्डरका लागि अलिक सुख्खा ठाउँ उपयुक्त हुने गर्दछ। परित्यक्त जमिन आखिरमा ल्याभेन्डरका लागि अनुकूल भूगोल बनेको छ। चलचित्र सुटिङ गर्नेदेखि गीतको भिजुअल गर्नेहरुको लर्को लाग्न थालेको छ। सुख्खा र जरजर ठाउँ यतिबेला सबैभन्दा आकर्षक बनेको छ। बैजनी रङमा सिँगारिएको गाउँलाई ल्याभेन्डरकी रानी भनिन्छ। ल्याभेन्डरमा पुग्ने जोसुकै व्यक्तिको अनुहारमा उल्लास र हर्ष नाच्छ। पर्यटकलाई मात्र होइन ल्याभेन्डरले स्थानीय किसानको अनुहारमा पनि खुशी फुलाएको छ। फलस्वरुप यस क्षेत्रका किसानको प्रतिव्यक्ति वार्षिक आय २५ हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।