२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : विवादास्पद खेलमा ब्राजिलद्वारा कोलम्बिया पराजित



अ+ अ-

दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका अन्तर्गत विवादास्पद खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई संघर्षपूर्ण खेलमा २–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि रोबर्टो फार्मिन्होले ७८औं तथा कासेमिरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

ब्राजिलले गरेको पहिलो गोल विवादास्पद बनेको थियो । डिबक्स बाहिरबाट नेइमारले प्रहार गरेको बल रेफ्रीलाई लागेर फर्किए पछि त्यो बललाई ब्राजिली खेलाडीले मैदानको बायाँतर्फ फालेका थिए । त्यहाँबाट ब्राजिली खेलाडीले प्रहार गरेको क्रसलाई फार्मिन्होले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि कोलम्बियाली खेलाडीले रेफ्रीलाई घेराउ गर्दै “डेड बल” घोषित गर्न र गोललाई रद्द गर्न झण्डै ८ मिनेट प्रदर्शन गरेका थिए । रेफ्रीले “भिएआर” को समेत सहयोग लिएका थिए, र अन्ततः गोललाई सदर गरियो ।

कोलम्बियाका लागि १०औं मिनेटमा लुइज डायजले पहिलो गोल गरेका थिए । त्यसपछि ब्राजिलले कोलम्बियामाथि लगातार आक्रमण र प्रत्याक्रमण गरे पनि गोल गर्न सकेको थिएन ।   

यो जितसँगै ब्राजिलले समूहमा आफ्नो स्थिति अझ सुदृढ गरेको छ । ब्राजिलले तीन खेलबाट सबैमा विजयी हुँदै ९ अंक जोडिसकेको छ ।

आजै भएको इक्वेडर र पेरुबीचको अर्को खेल बराबरीमा टुंगिएको छ ।

 

अंक तालिका ( समूह बी )
देश खेल संख्या अंक
ब्राजिल
कोलम्बीया
पेरू
इक्वेडर
भेनेजुएला