२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उहाँले बताउनुभयो । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ । 

पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय हुँदै आउनुभएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लाग्नुभएका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता दिनुभएको हो । यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उहाँको भनाइ छ । गत वर्ष उहाँले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गर्नुभएको थियो ।
 
यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ । वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ । 

गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउनुहुन्छ । ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताउनुभयो । गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् ।

आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापीरूपमा निःशुल्क वितरण अभियान चलाउनुभएको थियो । हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आउनुभएका राजलवटले यो अभियानलाई निरन्तरता दिनुभएको छ ।

गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ । अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ ।

पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि औषधीय गुणले युक्त जडीबुटी उपहार पठाउन सकिने गरी खाली स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा पनि यस्ता अन्य वनस्पति रोपणलाई पशुपति क्षेत्रमा तीव्रता दिइने बताउनुहुन्छ । पशुपति क्षेत्रका खाली स्थानमा वृक्षरोपण अभियानलाई समेत निरन्तरता दिइएको उहाँले बताउनुभयो ।