२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार

राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार
अ अ+ अ-

चितवन । राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई रु १५ हजार नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो । यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ । नगरप्रमुख प्रभा बरालले १९/२० वर्षमा तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको भन्दै बालविवाह रोक्न कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ बच्चाले बच्चा पाउँछन्, यसलाई रोक्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।” 

त्यसैगरी रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले रु एक करोड विनियोजन गरेको छ । साझेदारी कार्यक्रमका लागि रु तीन करोड र अधुरा कार्यक्रम सम्पन्न गर्न रु एक करोड विनियोजन गरेको छ । बरालका अनुसार स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरुका लागि वास कार्यक्रमअन्तर्गत रु एक करोड विनियोजन गरिएको छ । 

दूधमा अनुदान दिन रु ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि रु १० लाख छुट्याइएको छ । पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि रु ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि रु १० लाख बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो । 

कोभिड र विपत् व्यवस्थानका लागि रु एक करोड विनियोजन गरिएको छ । असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिँंदै छ । नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी बिदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवी शिक्षिका कार्यक्रम, कक्षा नौदेखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्ने छ । 

यस्तै पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु दुई हजार प्रोत्साहन भत्ता, लैङ्गिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यावसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ । 

महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रीत भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ का लागि रु ९२ करोड ९७ लाख ३६ हजार ४२९ को बजेट ल्याएको छ ।