१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’

दुनियाँको कुनै शक्तिसँग नडराएका हामी नेपालीलाई एमसीसी पारित गर्न नधम्क्याउ– मेटमणि चौधरी

दुनियाँको कुनै शक्तिसँग नडराएका हामी नेपालीलाई एमसीसी पारित गर्न नधम्क्याउ– मेटमणि चौधरी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता एवं सांसद मेटमणि चौधरीले एमसीसी बोर्डलाई एमसीसी पारित गर्न धम्क्याउने काम बन्द गर्न चेतावनी दिएका छन् । 

उनले एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई सम्बोधन गरी लेखेको पत्रमा कहिलेकाहीँ घुमाउरो तरिकाले धम्क्याएको भन्दै दुनियाँको कुनै शक्तिसँग नडाराएका नेपाली तिमीसँग डराउने कुरै छैन भनेका छन् ।  

उनले पत्रमा भनेका छन्, “पहिले पहिले त हामीलाई बुँदाहरू सुधार गरेर पास गरौँ भन्ने लागेको थियो । तर आजभोलि तिम्रो व्यवहारले सुधारको पनि कुनै संभावना देखिँदैन । यसैले गो ब्याक एमसीसी ।”

उनले एमसीसी उपाध्यक्ष फतेमा सुमारलाई सम्बोधन गर्दै लेखेको पत्र यस्तो छ ः

श्री फातिमा सुमार
 उपाध्यक्ष ,एमसीसी
विषय– तिम्रो ५० लाख डलर  हरेक रात सडकमा सुत्न बाध्य भएका पाँच  लाख अमेरिकी जनताहरूको सेवामा खर्च गर ।

तिम्रो देशभन्दा म १२ हजार ७२५ किमी टाढा छु । तिम्रो देश विश्वकै शक्तिशाली राष्ट्र हो भनी मैले राम्ररी बुझेको छु । यसैले तिम्रो देशका हरेक नागरिक र अधिकारहरुका मनोविज्ञान पनि समृद्ध होला भनी अपेक्षा गर्नु पनि स्वाभाविक नै मान्नु पर्दछ । यसैले मेरो र तिम्रो राष्ट्रका अधिकारीहरूका बीचमा एमसीसी परियोजनामा २०७४ साल भदौ २९ गतेको दिन सम्झौता भयो । अनुदान हो भनी हामी नेपाली खुशी भए पनि तिम्रा अधिकारीहरूले ठाँउठाँउमा दिएको अभिव्यक्तिले हामी झस्केका छौँ । शङ्का गर्ने सुविधा पाएका छौँ। हामी नेपालीहरूको तिम्रो ५० लाख डलरको विषयमा सोझो बुझाइ नै हो तर तिम्रा अधिकारीहरुको रणनीति नै बेग्लै रहेछ । तिम्रा अधिकारीहरूका भनाइअनुसार त– एमसीसी सैन्य रणनिति पो रहेछ ! इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चीनलाई घेर्ने योजना बनाएका रहेछौ र चीनलाई सताउनका लागि नेपालको भूमिलाई सबैभन्दा उपयुक्त ठाउँ छानेको रहेछौ । हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौँ । सबैसँग पञ्चशीलका आधारमा समान व्यवहार गर्दछौँ तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौँ। 
फातिमा सुमार, तिमी देखिनमा कति सुन्दर छ्यौ ! तर तिम्रो देशको इतिहास कति खराब छ है१ जहाँ जहाँ तिम्रो देशको प्रवेश हुन्छ– त्यो देशको अवस्था सुखद भएको एउटा देश नि भेटेको छैन । 1st World War र 2nd World War पनि तिम्रो शासकहरूका क्षणिक स्वार्थ– हतियार बेचेर धन कमाउने रणनीतिका कारण युद्ध भएको कुरा धर्तीका कुनै पनि मानव जातिले भुलेका छैनौँ। जुनसुकै नामबाट किन नहोस्– तिम्रो राष्ट्रको उपस्थितिले दुनियाँलाई खरानी, मानवीय क्षति र सम्पत्तिको नोक्सानीबाहेक अरू केही पनि उपलब्धी छैन । यसैले हामी तिम्रो सुन्दरतालाई पनि घृणा गर्न बाध्य छौँ । 
तिम्रो देश बाहिरबाट हेर्दा जति समृद्ध देखिन्छ, नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दो देखिन्छ । प्रत्येक रात पाँच लाख जनताहरू सडकमा कागज ओढेर सुतिरहेका छन् । नेपालमा त्यस्तो मान्छे एक जना नि छैनन् । नेपालको जनसङ्ख्याभन्दा करिब दोब्बर पाँच करोड ६० लाख जनताहरू गरिबीको रेखामुनि छन् । लाखौँ अमेरिकीहरू दिनमा दुई डलर मात्रै कमाइ गर्दछन् । यसबाट एक बोतल पानी, छ वटा अन्डा र एउटा बर्गरमा बाँच्न बाध्य छन् । तिम्रो देशको उपचार पनि सार्है महँगो छ । बालमृत्युदर निकै उच्च छ । संसारकै हत्या हुने राष्ट्र हेर्ने हो भने पनि अमेरिका अग्रणी स्थानमा छ । स्कुले विद्यार्थीले चलाएको गोलीबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा आर्थिक विभेद पनि निकै फराकिलो छ  । यसैले अमेरिकाभन्दा नेपालको अवस्था धेरै राम्रो छ । तिमीले नेपाल राष्ट्र र नेपाली जनताका विषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी आफनै देशमा फर्क, त्यो ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकी नागरिकहरूका उद्धारमा खर्च गर । महँगो औषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनका लागि पोषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसे कम तिम्रा जनतालाई छ लिटर पानी पिउने व्यवस्था गर । पेटभरि खानाको व्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमीले नेपाल बसाइ क्रममा पक्कै पनि देख्नु पर्ने हो– “कुनै पनि नेपाली भोको र तिर्खाएर बस्नु परेको छैन ।” 
फातिमा सुमार, 
जाँदाजाँदै तिमीसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखेकी छ्यौ तर पनि नेपाली समाजको मनोविज्ञान बुझ्ने किन प्रयास गरेकी छैनौ ? हामीलाई चाहिन्न भन्दाभन्दै एमसीसी पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकी छ्यौ ? कहिलेकाहीँ घुमाउरो तरिकाले धम्क्याउँछ्यौ १ तिमीलाई थाहै रहेनछ ! दुनियाँको कुनै शक्तिसँग नडाराएका हामी नेपाली तिमीसँग डराउने त कुरै छैन । यसैले धम्क्याउने काम बन्द गर । यसैले हामीलाई तिम्रो अधिकारीहरूको नियतमा शङ्का लागिरहेको छ । पहिले पहिले त हामीलाई बुँदाहरू सुधार गरेर पास गरौँ भन्ने लागेको थियो । तर आजभोलि तिम्रो व्यवहारले सुधारको पनि कुनै संभावना देखिँदैन । यसैले Go back Mcc।
उही
मेटमणि चौधरी
नेपाल
२०७८ फाल्गुण २