११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

सन्तोषी सुब्बा हत्या प्रकरण : एक युवक पक्राउ (भिडियो सहित)

सन्तोषी सुब्बा हत्या प्रकरण : एक युवक पक्राउ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षिय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो । 

सुब्बालाई दक्षिणकाली नगरपालिका – ७ को दक्षिणकाली मन्दिरस्थित जंगलपरिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृत अवस्थामा भेटिएको थियो । असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफुले काम गर्ने बसमा मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जर्बजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिचि हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो ।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडाहरु, मृतकको मोबाईल र मेमोरी कार्ड समेत फेला परेको प्रमुख खापुङले बताउनुभयो । 

त्यस्तै महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयात गोदामबाट १३ थान ल्यापटप चोरी गर्ने २९ वर्षीय विष्णु अधिकारीलाई चोरी भएको ल्यापटपसहित पक्राउ गरेको बताएको छ । पक्राउ परेका अधिकारीलाई चोरी सम्बन्धि कसुरमा कारबाही चलाउने प्रहरीले बताएको छ ।