२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा दोस्रो दिनको बहस सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ।  गत जेठ २६ मा  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।

बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो भने आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ लगायत कानून व्यवसायीले बहस गर्नेछन्। 

पहिलो दिन बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए।उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर पेस गरेका थिए।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । 

रिट, निवेदकले तत्काल संसद पुनः स्थापना तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दायर गरेका छन् । 

रिट, निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।