२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सुनसहित दुई युवक पक्राउ



अ+ अ-

लहान । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । रासस