२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कालो ढुसी रोकथाम कार्ययोजना

कालो ढुसी रोकथाम कार्ययोजना
अ अ+ अ-

बलेवा: आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ । कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । कालो ढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालो ढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो ।

बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । “भारत लगायतका देशमा महामारीको रुपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ”, पौडेलले भन्नुभयो, “कोरोना महामारीको जस्तो पूर्व तयारी बिना यो रोगसँग बच्न कठिन छ ।” नगरपालिकाले आधारभूत स्वास्थ्यको जिम्मेवारी लागू गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताउनुभयो । शव बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समावेश छन् ।

“गरिबसँग मेयर ऋषिराम” कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति लिएको पौडेलले बताउनुभयो । जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शय्याको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ । नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नति गरी पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ ।

बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएका छन् । मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रवद्र्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रवद्र्धन कार्यक्रमलाई जोड दिईएको पौडेलले बताउनुभयो । भगत सर्वजीत सीप रोजगार प्रवद्र्धन कार्यक्रम आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ ।

कला सहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।—