२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको धारा ७६ (५) सांसदहरूको ब्रह्मास्त्र हो : वरिष्ठ अधिवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको रिटमाथि दोस्रो दिनको बहसमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५) प्रतिनिधि सभाका सदस्यलाई दलीय ह्वीप नलाग्ने बताएका छन । 

बिहिबार संवैधानिक इजलासमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, 'संविधानको धारा ७६ (५) प्रतिनधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र हो । त्यो अधिकार विशेष रूपमा प्रतिनिधिसभाका सदस्यहरूलाई दिइएको हो ।'

उनले अघिल्लो पटक र यसपटक राष्ट्रपति कार्यालयले पठाएको लिखित जवाफ फरक फरक आएको उल्लेख गरे।  'दोस्रोपटक अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भन्ने निवेदन आउँदैमा स्वीकार हुन सक्दैन, प्रश्न उठाउन पाइँदैन भनियो', श्रेष्ठले भने, 'तर, अघिल्लो पटक प्रधानमन्त्रीलाई संविधानमा नभएको सबै अधिकार हुने दाबी गरिएको थियो। त्यही आधारमा यहाँ बहस समेत भएको थियो।'

अघिल्लो फैसला अनुसार विघटन गरेको राष्ट्रपतिले लिखित जवाफमा जिकीर गरेको उनले बताए। 'प्रधानमन्त्रीले पनि यही जवाफ दिनु भएको छ। ७६ (५) भनेको प्रतिनिधि सभाका सांसदलाई दिएको ब्रह्मास्त्र हो। यसले अन्तिम रुपमा प्रयोग गरेर प्रतिनिधि सभा बचाउने र प्रधानमन्त्री बचाउन प्रयोग गर्न पाउँछन्।'




सम्बन्धित समाचार
भर्खरै