२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अफ्रिकन महिलाले एकैपटक १० सन्तान जन्माएको खबर झुट्टा, अनलाईनविरूद्ध कानुनी कारबाही गरिने

अफ्रिकन महिलाले एकैपटक १० सन्तान जन्माएको खबर झुट्टा, अनलाईनविरूद्ध कानुनी कारबाही गरिने
अ अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो। ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ। विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो। आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो। उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, "यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।" प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ।

समाचार कसरी आयो ?
सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन्। आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनीहरूको चिनजान भएको थियो।

मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनीहरूले आठ जना बच्चा अपेक्षा गरिरहेको बताएको दाबी गरिएको छ। एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ। प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो।

पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताएका थिए। उनले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए। रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन्। स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेका थिए। त्यसपछि बीबीसी सहित अरू सञ्चारमाध्यमले यसबारेका खबर प्रकाशित गरेका थिए।

तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताएका थिए। त्यसपछि उक्त जोडी र बच्चाहरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो।

तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चाहरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आशङ्काहरू उत्पन्न भएका थिए। र खाउटेङ्स्थित कैयौँ अस्पतालहरूले ‌त्यस्तो घटना नभएको बताएका थिए।

त्यसपछि सोतेत्सीले सिथोले बेपत्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थिए। सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप उनीमाथि लगाएको प्रिटोरिया न्यूजले छापेको थियो। पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उनलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।

न्यूज ट्वेन्टी फोरले देखेको भनिएको एउटा चुहिएको मेमोमा रामपेडीले आइओएलसँग उसको "प्रतिष्ठामा आँच पुर्‍याएको" भन्दै माफी मागेको जनाइएको छ। उनले उक्त समाचारलाई "राम्रो अनुभूति दिलाउने" समाचार भन्दा खोज समाचारका रूपमा आफूले हेरेको भए हुने धारणा राखेका भनिएको छ। (बीबीसी)

यो पनि पढ्नुहोस् :

यी हुन् एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राख्ने महिला