![](https://newspolar.com/wp-content/uploads/2023/03/abdul-khan.jpg)
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगिसकेका छन् भने बालुवाटारमा यसबारे छलफल भइरहेको छ ।