२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाला संग्रौलालाई थप ५ दिन हिरासतमा राख्न आदेश



अ+ अ-

काठमाडौं । आफुलाई समाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले  अनुमति पाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले संग्रौलालाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको हो । 

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । 

यस अघि अदालतले संग्रौलासहित तिनै जनालाई तीन दिन प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो ।