१ आश्विन २०८३, बिहीबार
,
Latest
‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम कारागारबाट थुनुवा फरार



अ+ अ-

मङ्गलबारे । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ ।

बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ ।

गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो ।
डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो । यस कारागारभित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।