२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट चार मन्त्रीको नाम गयो



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तार गर्न लाग्नुभएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागवण्डा नमिलेपछि चार जनाको मात्र नाम प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको छ।

उहाँले उपसभाति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम पठाउनुभएको छ । उपसभापति खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री, प्रवक्ता महत अर्थमन्त्री, रिजाल उद्योग र गुरुङ सहरी विकासमन्त्री बन्नुहुने बताइएको छ ।

नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ । कोइराला समूहले ३ वटा मन्त्रालय नपाए सरकारमा सहभागिता नजनाउने अडान राखेको छ ।