२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको आन्तरिक मामिला नेपालीले नै निर्णय गर्न पाउनुपर्ने बताउनु भएको छ । बिपक्षी गठबन्धनका नेताहरु सहभागी पत्रकार अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले भन्नुभयो  ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं नेपाल भित्रको निर्णय नेपालीले नै गर्नुपर्छ । 

केही दिन अघि बिपक्षी दलका नेताहरुले सयुक्त बिज्ञप्ति जारी गर्दे नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएका आरोप लगाएका थिए । पहिलो पटक प्रतिनिधिसभा बिघटन हुदा भने बिपक्ष िनेताहरुले नेपालको आन्तरिक मामिलामा बोलिदिन बिदेशीशक्तिलाई आग्रह गरेका थिए । 

अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा सबिधान मिचिएपछि सर्बोच्च अदालत भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो सरकार सबिधान मिच्दै जाने अदालत रोक्दै जाने अबस्था देखिएको छ । उहाँले सरकारको गलत क्रियाकलाप रोक्न जनपरिचालन गर्ने पनि बताउनुभयो ।