२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले गरेको कारबाही ‘कौन पुछे खेसरीका दाल’ जस्तो हो: माधव नेपाल



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको आरोप लगाउनु भएको छ । राजधानीमा सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा नेता नेपालले भन्नुभयो, "ओलीको अहंकारले यो सबै भइरहेको छ।"

ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, छेबैमा रहनु भएका  काँग्रेस सभापति शेरबहादुर देउवातिर हेर्दै नेता नेपालले भन्नुभयो, "के हुन्छ शेरबहादुर जी ।" नेता नेपालले ओलीको गलत कदम बिरुद्ध उभिँदा आफूहरुलाई कारबाही गरेको भन्दै त्यो कारबाही कौन पुछे खेसरीका दालजस्तो भएको टिप्पणी गर्नुभयो ।

नेता नेपालले संविधान विपरीतको काम भएको भन्दै प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले सच्चाउने आशा गर्नुभयो ।