२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मानजनक सहभागिता नगराए सरकार बाहिरै बस्छौँ– कोइराला समूह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने बताएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागिता हुनेपर्ने अडान राखेको छ ।

सहमहामन्त्री परियारका अनुसार सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागित हुनुपर्ने विषयमा बैठकमा छलफल भएको भन्दै सम्मानजनक सहभागिता नगराइए सरकारबाहिरै बस्ने कुरा उठेको छ ।

बैठकपछि नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाउनुभएको बताइएको छ ।

आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । नेपाली कांग्रेसले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । कोइराला समूहबाट उपसभापति गुरुङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने चर्चा छ तर उक्त समूहले कम्तीमा तीनवटा मन्त्रालय चाहिने बताउँदै आएको छ ।