२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार प्रस्तोताले समाचार पढ्दा-पढ्दै तलब मागेपछि…



अ+ अ-

काठमाडौं । अफ्रिकी राष्ट्र जाम्बियाका एक समाचार प्रस्तोता काबिन्दा कालिमिनाले आफ्नो टेलिभिजन प्रशासनको बारेमा आक्रामक भएर कुराकानी गरेका छन् । उनले समाचारको प्रमुख शीर्षकका बारेमा सामान्य रुपमै जानकारी दिइसकेपछि लाइभ टेलिभिजन कार्यक्रममै तलब नपाएको गुनासो गरेका हुन्।

समाचार प्रस्तोता कालिमिनाले क्यामेरामा हेर्दै भने, ‘समाचार भन्दा पर गएर भन्नुपर्दा महिला तथा सज्जनवृन्द हामी पनि मानव हो। हामीले बाँच्न तलब पाउनुपर्छ। तलब नपाएका सबैलाई तलब दिइनुपर्छ।’

उनले तलब दिनुपर्छ भन्दाभन्दै टेलिभिजनको प्रसारण रोकेर समाचारको ट्रेलर बजाइएको थियो। यो घटनालाई टेलिभिजनले काबिन्दाले चर्चा कमाउन गलत हर्कत गरेको प्रतिक्रिया जनाएको छ।

टेलिभिजनले उनले मदिरा पिएर मात्तिएर त्यस्तो कार्य गरेको बताएको छ। तर उनले आफ्नो फेसबुकमा आफूले मदिरा नपिएको र तलब पाउनु अधिकार भएको बताउँदै सबै मालिकसँग बोल्न डराएकाले सबैको माग उठाएको बताएका छन्।

उनले शनिबार राति टेलिभिजन लाइभमै केबीएन टेलिभिजनले आफू लगायतका अन्य पत्रकार तथा कर्मचारीलाई तलब नदिएको खुलाएका छन् । साथै चाँडै तलब दिन मालिकसँग आग्रह पनि गरेका छन्। (एजेन्सी)