२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार प्रस्तोताले समाचार पढ्दा-पढ्दै तलब मागेपछि…



अ+ अ-

काठमाडौं । अफ्रिकी राष्ट्र जाम्बियाका एक समाचार प्रस्तोता काबिन्दा कालिमिनाले आफ्नो टेलिभिजन प्रशासनको बारेमा आक्रामक भएर कुराकानी गरेका छन् । उनले समाचारको प्रमुख शीर्षकका बारेमा सामान्य रुपमै जानकारी दिइसकेपछि लाइभ टेलिभिजन कार्यक्रममै तलब नपाएको गुनासो गरेका हुन्।

समाचार प्रस्तोता कालिमिनाले क्यामेरामा हेर्दै भने, ‘समाचार भन्दा पर गएर भन्नुपर्दा महिला तथा सज्जनवृन्द हामी पनि मानव हो। हामीले बाँच्न तलब पाउनुपर्छ। तलब नपाएका सबैलाई तलब दिइनुपर्छ।’

उनले तलब दिनुपर्छ भन्दाभन्दै टेलिभिजनको प्रसारण रोकेर समाचारको ट्रेलर बजाइएको थियो। यो घटनालाई टेलिभिजनले काबिन्दाले चर्चा कमाउन गलत हर्कत गरेको प्रतिक्रिया जनाएको छ।

टेलिभिजनले उनले मदिरा पिएर मात्तिएर त्यस्तो कार्य गरेको बताएको छ। तर उनले आफ्नो फेसबुकमा आफूले मदिरा नपिएको र तलब पाउनु अधिकार भएको बताउँदै सबै मालिकसँग बोल्न डराएकाले सबैको माग उठाएको बताएका छन्।

उनले शनिबार राति टेलिभिजन लाइभमै केबीएन टेलिभिजनले आफू लगायतका अन्य पत्रकार तथा कर्मचारीलाई तलब नदिएको खुलाएका छन् । साथै चाँडै तलब दिन मालिकसँग आग्रह पनि गरेका छन्। (एजेन्सी)