• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

नेकपा एस, जसपा र लोसपाबाट को को बन्दैछन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग एक बजेसम्ममा मन्त्रीको नाम माग गर्नुभएको छ । प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई आजै दिउँसो ३ बजे शपथ गराउने तयारी गर्नुभएको बताईएको छ ।

गठबन्धनबाट सरकारमा सहभागी हुने ९ दलमा कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा (एकीकृत समाजवादी)लाई २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय भागमा परेको छ । यद्यपि, मन्त्रालय बाँडफाँटको विषयमा भने अझै स्पष्ट रुपमा टुङ्गिएको छैन ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्री बन्नेछन् । जसमा रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । यस्तै, नेकपा(एकीकृत समाजवादी)बाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको बताईएको छ ।

लोसपाबाट शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । यस्तै, जसपाले शिक्षा र वन मन्त्रालय पाएकोको छ । तर को मन्त्री बन्ने भन्ने बारे अझै टुङ्गिएको छैन ।