२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ परास्त गर्न सहयोग, एकता र ऐक्यबद्धता जरुरी : उपप्रधान तथा अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौंः छिमेकी मुलुक चीनले अघि सारेको “बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)” को अवधारणाका बारेमा एसिया र प्रशान्त क्षेत्रका मुलुकका वरिष्ट अधिकारीहरुसँग उच्चस्तरीय भर्चुअल सम्मेलन सम्पन्न भएको छ ।

चीनको अग्रसरतामा बुधबार साँझ आयोजित उक्त सम्मेलनमा ३० भन्दा बढी मुलुकका मन्त्रीहरु एवं अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता थियो । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको मुख्य विषय “दिगो पुनरुद्धारका लागि महामारी विरुद्धको लडाइँमा साझेदारी प्रबद्र्धन” रहेको थियो ।

सम्मेलनकाे शुरूमा चिनियाँ विदेशमन्त्री वाङ यी ले भर्चुअल बैठककाे प्रारम्भ गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङकाे सन्देश पढेर सुनाउनु भएकाे थियाे ।

नेपालका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सहभागिता जनाउँदै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी सहकार्य, एकता र ऐक्यबद्धता जरुरी रहेको बताउनु भयो ।

अतिन्यून आय भएका मुलुक एवं समाजका अति तल्लो श्रेणीमा रहेका गरिबमाथि कोभिड–१९ ले फरक फरक ढंगबाट असर पारेको प्रकाश पार्दै अर्थमन्त्री पौडेलले खोपमा सहकार्यका साथै महामारी पश्चातको आर्थिक पुनरुद्धारका लागि त्यस्ता मुलुकलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बिआरआईमा साझेदार रहेका दक्षिण एसिया, दक्षिण पूर्व एसिया, ओसिनिया, मध्य एसिया, पश्चिम एसिया र दक्षिण अमेरिकाका मुलुकका साथै अन्तर्राष्ट्रिय संस्थाहरुले भर्जुअल सम्मेलनमा सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी अग्रसरतामा इन्डो प्यासिफिक अभियान सञ्चालन भइरहेको अवस्थामा चीनले पनि बिआरआईलाई विशेष महत्वका साथ अगाडि बढाएको छ । यस अभियानले विश्वको जनसंख्याको ठूलो हिस्सालाई समेट्नुका साथै विकासलाई आमजनताको घरदैलोमा पु–याउने लक्ष्य लिएको छ ।

तर यस अभियानमा राजनीतिक पक्ष हाबी भएको र चीनले आफ्नो व्यापार विस्तार गर्न मात्र ध्यान दिएको भन्दै संयुक्तराज्य अमेरिकाले बिआरआई कार्यक्रमको विरोध गर्दै आएको छ ।