२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस भिड्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् । घरेलु टोली नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउँदै फाइनल खेलका लागि मानसिक र शारीरिक रुपमा तयार भएको बताएका छन् ।

नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको कप्तान लिम्बुको भनाई छ ।

यस्तै, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए । प्रशिक्षक एनिसका अनुसार भुटानविरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुनेछन् ।

यसैगरी लाओसका प्रशिक्षक हान्स मिकेल विसले घरेलु टोलीविरुद्ध निकै प्रतिष्पर्धातमक खेल हुने बताउँदै फाइनल खेल लाओस फुटबलका लागि धेरै अवसर रहेकाले कुनैपनि हालतमा जितका लागि खेल्ने बताए ।

नेपाल, भुटान र लाओस सम्मिलित सिंगल राउण्ड रोबिनमा भएको खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै, लाओसले भुटानलाई २–१ गोलले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

 




भर्खरै