२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा स्वास्थ्य मन्त्रालयलाई ९ करोड ८० लाख बढीको स्वास्थ्य सामग्री प्रदान

अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा स्वास्थ्य मन्त्रालयलाई ९ करोड ८० लाख बढीको स्वास्थ्य सामग्री प्रदान
अ अ+ अ-

काठमाडौं । अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआइएन) ले समाज कल्याण परिषद्सँगको समन्वयमा कोभिड १९ महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ करोड ८० लाख २६ हजार ६ सय ५९ रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । १३ वटा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागितामा एआइएनमार्फत्संयुक्त रुपमा स्वास्थ्य सामग्री खरिद गरी यो सहयोग उपलव्ध गराइएको हो ।

एआइएनले आफ्ना सदस्य संस्थाहरुलाई संयुक्त खरिदका लागि आग्रह गरेबमोजिम एक्सन एड, केयर नेपाल, सिआरएस, फेयरमेड, जिएनएचए, लुथरन वल्र्ड फेडेरेसन, मेरी स्टप्स नेपाल, वान हर्ट वल्र्डवाइट, प्लान इन्टरनेशनल नेपाल, प्राक्टिकल एक्सन, पिएसआइ नेपाल, युएमएन, वेल्ट हंगर हेल्फसहितका संस्थाले स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन्।

मन्त्रालयलाई उपलव्ध गराइएको प्याकेज सामग्रीमा अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, म्याट्रेससहित आइसियु बेड, फेस मास्क, एन्टिजन किट्स, पीपीइ, सर्जिकल मास्क, ग्लोब्स, सर्जिकल ग्लोब्स, एन ९५ मास्क लगायत छन्। त्यस्तै, अस्पताल र फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीका लागि पिपिई सेट, गाउन, ह्यान्ड स्यानिटाइजर, फेस सिल्ड, सुज कभर, सर्जिकल क्याप, हस्पिटल बेड, थर्ममिटर, नेबुलाइजरसहितका सामग्री प्रदान गरिएको छ । यस बाहेक प्राथमिक उपचारका लागि चाहिने औषधि तथा अत्यावश्यक खानेकुरा र रासन समेत मन्त्रालयलाई उपलव्ध गराइएको छ । संयुक्त खरिद प्रक्रियाका लागि केयर नेपाल र प्राविधिक पक्षका लागि वान हर्ट वल्र्डवाइटले समन्वय गरेका थिए ।

स्वास्थ्य मन्त्रालयमा असार ९ गते बुधवार आयोजित कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खाती र एआइएनका अध्यक्ष सुशील कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विज्ञ रोशन पोखेरललाई ती सामग्री हस्तान्तरण गरिएको हो । विभिन्न मन्त्रालयका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारकर्मीकोउपस्थितिमा भएको सामग्री हस्तान्तरण कार्यक्रम विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तयार पारेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार
भौतिक दूरी कायम राखेर आयोजना गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ पोखरेलले सामाजिक कार्यका लागि एआइएनमार्फत भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । कोभिड प्रतिकार्यका लागि थप सहयोग आवश्यक रहेकाले यसका लागि सहभागी हुन अन्य संस्थालाई आग्रह गर्दै उहाँले स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई सिधै वा संस्थाहरुले आफ्नो प्रक्रिया अनुसार उपलव्ध गराउन सक्ने बताउनुभयो ।

समाज कल्याण परिषद्का सदस्य सचिव खातीले कोभिड महामारीपश्चात्एआइएनले गरेको मानवीय सहायता र सहयोग प्रति आभार प्रकट गर्नुभयो । खातीका अनुसार, कोभिड प्रतिकार्यमा आइएनजिओहरुबाट अहिलेसम्म ५० देखि ६० प्रतिशत रकम सहयोग भइरहेको छ र ती सहयोगबारे परिषद्को वेवसाइटमा अद्यावधिक गर्ने गरिएको छ । आइएनजीओको सहयोग अहिलेसम्म २ लाख व्यक्तिमाझ पुगेको र देशभर नै उनीहरुले स्थानीय साझेदार संस्थामार्फत्कोभिड रोकथामका लागि कार्य गरिरहेको खातीको भनाइ छ ।

एआइएनका अध्यक्ष सुशील कोइराला र सदस्य सुर्य भट्टले कोभिड प्रतिकार्यका लागि आगामी दिनमा पनि सदस्य संस्थाहरुको तर्फबाट सहयोग जारी रहने बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी र गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामासहितको उपस्थिति थियो । यसैवीच एआइएनले आफ्ना सदस्य संस्था र गैरसरकारी संस्था महासंघको समन्वयमा कोभिड प्रतिकार्य र पूर्वतयारीका लागि नेपाल सरकारको प्राथमिकता अनुसार सरकारी निकायको समन्वयमा काम गर्ने जानकारी गराउन चाहान्छौं ।