२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै मन्त्रीको भागमा ५ मन्त्रालय !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर बाँकी रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।

प्रधानमन्त्री ओलीले दिएको जिम्मेवारीसंगै अब एक मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठले वन, खेलकुद, शिक्षा, श्रम र स्वास्थ्य मत्रालयको जिम्मेवारी पाएका हुन् । 

यस्तै बसन्त कुमार नेम्वाङले कृर्र्षी, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मवारी पाएका छन् भने लिलानाथ श्रेष्ठले कानुन, भूमी सुधार,महिला, पर्यटन र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।