२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: विपक्षी गठबन्धन (भिडियो सहित)

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: विपक्षी गठबन्धन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताउनुभएको छ । 

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्र्तक्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ । उहाँले आफुलाई प्रधानमन्त्री बनाउने निवेदनलाई अस्वीकार गरी लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षाको लागि पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको उहाँले स्पष्ट पार्नुभयो ।

सभापति देउवाले आफुहरु मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय मुलुकहरुसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सम्बन्ध कायम गर्न चाहेको पनि बताउनुभयो । सभापति देउवाले लोकतन्त्र र संविधानको पक्षमा उभिन पनि सबैलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनले लोकतन्त्र माथि नै खतरा उत्पन्न गरेको छ ।

प्रतिनिधि सभाका बहुमत १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आव्हान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी गर्‍यौँ । स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले लोकतन्त्रका लगि सर्वोच्च अदालतमा निवेदन दिएका छौँ । हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्रको रक्षा र जनतालाई महामारीबाट बचाउने उदेश्यसाथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाका साथ अग्रसर छौँ ।  हामी सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहान्छौँ । निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं ।’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो । आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई पनि स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडी बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरी कोर्ष करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । लोकतन्त्र नरहने शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उहाँको भुमिका शंकास्पद र प्रश्नबाचक रहेको पनि बताउनुभयो । उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी लाद्नका लागि गरेका हुन् । प्रधानमन्त्रीका लागि किन आव्हान गरियो र आव्हान मुताविक दावा पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भुमिका पनि प्रश्नबाचक र शंकास्पद छ । कि त भन्नुप¥यो ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ म भनेर । नत्रभने प्रधानमन्त्रीको रुपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन । मुलुकमा लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै प्रहार भएको छ । कार्यकारी प्रमुखबाट प्रहार हुने र राष्ट्रपतिले सदर गर्दै जाने हो भने लोकतन्त्र रहन्न । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी बढ्न सक्दैन ।’

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद विघटनका विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गर्नुभयो । प्रतिनिधि सभा विघटनविरुद्धको कदममा ०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सामान्य प्रकारको घटनाक्रम होइन । भारतका कयौँ कुटनीतिज्ञले खुला रुपमा भनेका छन्, भारतीय जनता पार्टीको सरकार नेपालमा ओलीको सरकारसँग मिलेर राजतन्त्र र हिन्दुराज्य व्युताउनको लागि प्रयास गरिरहेको छ । भारताक विरुद्ध धेरै ठुलो जनमत नेपालमा सिर्जना भइराखेको छ । यसको बारेमा भारतिय जनता पार्टीको सरकारले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । यसका पछाडी विदेशी शक्तिहरुको पनि हात छ । र विदेशी शक्तिहरु सँगको भेटघाट पछि नेपालमा अप्रत्याशित रुपमा नेपालमा ठुला–ठुला राजनीतिक घटनाक्रमहरु पनि घटेका छन् । प्रतिगमनलाई पराजित गर्नका लागि हिजो २०६२-०६३ सालको ऐतिहासिक जनआन्दोलनमा भाग लिएका शक्तिहरु आज एक ठाउँमा आउनुपर्ने आवश्यकता छ ।’

प्रतिगमनको विरोधमा पाँच राजनीतिक दलहरु एकै ठाउँ उभिएपछि प्रगमन परास्त हुने उहाँले दाबी गर्नुभयो । सत्तारुढले सत्ताको आडमा अल्मल्याउन, जालझेल गर्न तथा षडयन्त्रहरु गर्नसक्नेमा सचेत हुँदै संयुक्त आन्दोलन गर्नुपर्नेमा उहाँको जोड छ ।