• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

बारा–२ रास्वपा निर्वाचन परिचालन संयोजक कार्कीले दिए राजीनामा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा–२ को निर्वाचन परिचालन समिति संयोजकबाट राजीनामा दिएका छन् ।

कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् ।

‘केन्द्रीय समितिप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारी बहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजिनामा दिएको छु ।’ कार्कीले भनेका छन् ।

यद्यपि, उपचुनावका गतिबिधीहरुमा आफ्नो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने आश्वासन पनि कार्कीले दिएका छन् ।

कार्कीलाई रास्वपाले वैशाख १० मा हुने बारा–२ को उपनिर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।