२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिमको सन्देशः देउवा–आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा)गिरोहको निरन्तरको हेपाइ र अपमानले पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।

वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाउँदै पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।

यसप्रकारको निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको प्रस्ट पार्दै वाग्लेले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् ।

‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।

‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ ।

स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेको बताइएको छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने चर्चा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव समेत गरेको थियो ।

 




भर्खरै