२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले पाउने मन्त्रालयको भागबन्डा टुंगियो‚ कुन दललाई कुन मन्त्रालय ?



file
अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयहरुको भागबन्डा टुंगिएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र नेकपा (एकीकृत समाजवादी) ले २ मन्त्रालय पाउने भएका छन् ।

सत्ता साझेदार मध्येको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानून मन्त्रालय पाउने भएको छ । त्यसैगरी माओवादी केन्द्रले गृह, ऊर्जा, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउँदा एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बताइएको छ । अन्तिम समयमा कुनै विवाद नभए अहिलेसम्मको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।