
काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।