५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक श्रमिकको दु:खपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा



अ+ अ-

काठमाडौ । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटन: नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ ।

यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दु:खपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहनुभएको छ र उहाँका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् ।

जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित हुनुभएको हो । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।

पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ । क्यानडामा बसोबास गर्दै आउनुभएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’(किनारा) र प्रिजनर अफ एन आइप्याड(आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभ: शर्ट स्टोरिज’ ९प्रेममा दोस्रो: कथाहरू’ र ‘गोइङ होम’(घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।

विशेषगरी अन्तरराष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आउनुभएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्राय:उपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिनुभयो । “मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।” पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।रासस