• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुने प्रधानमन्त्रीको आश्वासन



फाईल फोटो

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुने आश्वासन दिनुभएको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा उहाँले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने भन्दै एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माण कार्यलाई अगाडि बढाउने आश्वासन दिनुभएको हो ।

करिब डेढ वर्षदेखि रकम अभावमा रंगशालाको काम रोकिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ ।

रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।