५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकद्वारा आयोजित ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेकोे छ ।

नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोे एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारा सहित सम्पन्न गरेको हो ।

ग्लोबल आइएमई बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रब्यदृष्य सामग्रीहरु पनि प्रसारण गरेको छ ।

यसका साथै, युवारविद्यार्थीहरुलाई बैंकका शाखा कार्यालयहरुको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाँउमा आयोजना गरिएको छ । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । तसर्थ बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु संचालन गरी बैंकिङ्ग शिक्षाको प्रचारप्रसार गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।