• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नौ चिनियाँसहित १९ जना पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको छ । उनीहरुले राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गरी ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुरकानी गरेर टेलिग्राममा अपरेसन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका अन्य १० जना नेपाली नागरिक रहेको जनाएको छ । प्रहरीले उनीहरुलाई बूढानीलकण्ठ र चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो ।