२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर झुटो



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानबाट पत्ता लागेको छ।

प्रान्तीय सरकारले खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको जनाएको हो।

यस्तै स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको पाइएको छ । 

३७ वर्षिया ती महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ भने उनलाई सहयोग उपलब्ध गराइने बताइएको छ।

यद्यपि विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन।

यसबारे सुरुमा प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) समाचार बाहिर ल्याएको थियो । 

आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो।

उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो।

प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने बताइएको छ ।