२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले स्वागत गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेपछि जनमत पार्टीले आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बनाउने पक्का भएको बताइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा कुशवाहले आफूलाई माओवादी केन्द्रभित्र सधैँ अन्याय गरिएको गुनासो गर्नुभयो । उहाँ ०६४ को संविधानसभामा निर्वाचित हुनुभएको थियो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवसँग पराजित हुनुभएको थियो । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।