२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

आइतबारदेखि सरकारी कार्यालय खुल्दै

आइतबारदेखि सरकारी कार्यालय खुल्दै
अ अ+ अ-

वाग्मती । मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो  ।

एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयलेसमेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न  भनिएको छ  । 

सबै पालिकाको बजेट सार्वजनिक

मकवानपुरको दश वटै पालीकाहरुले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जसमध्ये मकवानपुर जिल्लामा सबैभन्दा बढी  बजेट हेटौँडा उपमहानगरपालीकाले रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ र   कम इन्द्रसरोबर गाउँपालिकाले रु ३८ करोड ४१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो । 

यसैगरी थाहा नगरपालिकाले आगामी वर्षको लागि रु  ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको  छ  ।   मकवानपुरको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु  ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो  ।  भीमफेदी गाउँपालिकालेरु ६५ करोड ४१ लख९९ हजारको बजेट ल्याएको छ । 

वाग्मती गाउँपालिकाले रु  ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ । यसै बीच  कैलाश गाउँपालिकाले  रु ४५ करोड ९६ लाख, मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड राक्सिराङ गाउँपालिकाले रु ५४ करोड ७३ लाख २० हजारको बजेट ल्याएको छ । जिल्लाको पूर्वी क्षेत्रको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख७८ हजारको बजेट ल्याएको छ । रासस