२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजारका मेयरमाथि मोबिल आक्रमण: कडा कारबाहीको माग गर्दै एमाले कार्यकर्ता आन्दोलनमा



अ+ अ-

सिरहा । गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू आन्दोलनमा उत्रेका छन् ।

आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको मागसहित उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनकारीहरुले गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसको कारणले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

कार्यालयबाट बाहिर जाने क्रममा एमालेबाट निर्वाचित मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । मोबिल छ्याप्नमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटनामा संलग्न अन्य भने फरार रहेका छन् ।