५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।